दफा २८
मूल्य अभिवृद्धि कर नलाग्ने
विशेष आर्थिक क्षेत्रभित्र सञ्‍चालन भएको उद्योगले नेपाल बाहिर निर्यात गरेको वस्तु वा सेवा तथा विशेष आर्थिक क्षेत्रमा सञ्‍चालन भएको उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामानलाई शून्य दरमा मूल्य अभिवृद्धि कर लागू हुनेछ ।
तर निर्यात नभएमा यो सुविधा प्राप्त हुने छैन ।